कात्तिक १८ देखि २४ गतेसम्मको राशिफल

मेष राशिः थालेका काम सम्पन्न होलान् । अध्ययनमा रुचि होला । विरोधीहरु सक्रिय रहलान् । परिस्थिति आफ्नो प्रतिकूल रहला । विपरीत लिंगीबाट सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । धनलाभ होला । आर्थिक उन्नति र नयाँ काम थालनी होला । सवारीसाधनबाट  सुख मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला । २१ गतेपछि आर्थिक समस्या समाधान होला । अनावश्यक चिन्ता हट्ला । थालेका काम पूरा होलान् । प्रशासनिक क्षेत्रमा आएका अल्झन् हट्लान् । समय अनुकूल रहला ।

वृष राशिः धनलाभका नयाँबाट भेटिएलान् । सुख प्राप्त होला । मित्रजनको साथ सहयोग प्राप्त होला । शरीरमा जोश जाँगर बढ्ला । प्रजाति विपरीत लिंगीबाट सम्मान तथा सुख प्राप्त होला । व्यवसायमा लाभ होला । भोजन तथा सुखचयन प्राप्त होला । यात्रामा लाभ होला । २१ गतेपछि आर्थिक संकट पर्ला । रोगको भय रहला । अरुची तथा अपच कब्जियत सताउला । झगडा तथा अनावश्यक विवादमा पर्नु पर्ला । शरीरमा अनावश्यक दुखाइ होला । प्रशासनिक क्षेत्रबाट झमेला व्यहोर्नु पर्ला । धननाश होला । पुत्र तथा परिवारबाट धोका होला । यात्राको सम्भावना रहला । गरेका काम बिग्रनाले चिन्ता पर्ला ।

मिथुन राशिः व्यावसायिक क्षेत्रमा सफलता प्राप्त होला । मनमा उत्साह बढ्ला । काम गर्ने जोश जाँगर बढ्ला । आर्थिक आम्दानी होला । विपक्षीहरु निष्क्रिय रहलान् । धन तथा बस्त्र लाभ होला । काम गर्नेका लागि दिन सफल रहला । मानसम्मान प्राप्त होला । शुभ काम थालनी होला । २१ गतेपछि घरपरिवारबाट झमेला बेहोर्नुपर्ला । झैझगडा पर्ला । रोगको भय रहला । शत्रुले बाधा गर्लान् । शारीरिक पीडाले सताउला । कामहरु अधुरै रहलान् । आफन्तबाट सहयोग नहुँदा निराश हुनु पर्ला । शारीरिक स्वास्थ्यले पनि सताउला । आर्थिकपक्षमा घाटा खानु पर्ला ।

कर्कट राशिः समस्याले सताउँदा शरीरमा रोग बढ्ला । पेटजन्य समस्याले सताउला । मानसिक चिन्ता पर्ला । अरुले अपमान गर्लान् । काम अधुरै रहला । पठनपाठन बढ्ला । थोरै भए पनि धन सम्पत्ति प्राप्ति होला । मानसिक चिन्ताले सताउला । २१ गतेपछि विरोधी निष्क्रिय होलान् । धनलाभ होला । नयाँ काम शुरुवात गर्ने मौका मिल्ला । आनन्द होला । समय शुभ रहला । विपरीत लिंगीबाट सहयोग प्राप्त होला । नसोचेका काम बन्लान् । यात्राबाट लाभ होला । व्यापारव्यवसायबाट पनि लाभ होला ।

सिंह राशिः मनोरञ्जनात्मक क्षेत्रमा रुचि बढ्ला । धनलाभ होला । मनमा उत्साह बढ्ला । पठनपाठनमा कमजोरी आउला । आफ्ना व्यक्तिबाट थालेका काम पूरा होलान् । मनमा अशान्ति छाउला । शक्ति र साहसबाट मान सम्मान वृद्धि होला । सहकर्मीहरूको सहयोगबाट गरेका काम सम्पन्न होलान् । धनलाभ हुने नयाँ कामहरुको शुरुवात होला । मनमा हर्ष छाउला । २३ गतेपछि पारिवारिक झमेलामा परिएला । धन नाश होला । अपमान सहनु पर्ला । भोजन तथा अन्य सुविधामा बढोत्तरी होला । मन बेचैन रहला ।

कन्या राशिः आर्थिक लाभ होला । मानसम्मान वृद्धि होला । नातेदारले सहयोग गरिदेलान् । पठनपाठनमा रुचि जाग्ला । नयाँ काम थालनी होला । आर्थिक लाभ होला । साथी सहकर्मीबाट साथ र सुख प्राप्त होला । सोचेका काम बन्लान् । मनमा प्रशन्नता बढ्नेछ । २१ गतेपछि धननाश हुनाले मनमा चिन्ता पर्ला । शरीरमा आलस्यता बढ्ला । मनमा चिन्ता थपिएला । गरेका काम बिग्रिएला । परिवारबाट सामान्य सहयोग प्राप्त होला । चिताएका काम अपूरा होलान् । पठनपाठनमा रुचि नहोला ।

तुला राशिः परिवारमा खुसीयाली छाउला । धन लाभ होला । स्वादिष्ट भोजन प्राप्त होला । रमाइलो गर्ने क्षण प्राप्त होला । शरीरमा थकान महसुस होला । अन्न तथा द्रव्य लाभ होला । भाग्ययोदयको समय छ । रोगबाट छुटकारा पाइएला । सुख तथा आनन्द प्राप्त होला । मानसम्मान बढ्ला । भोजन तथा सुविधायुक्त बस्तु प्राप्त होला । २१ गतेपछि स्वास्थ्यमा समस्या पर्ला । धननाश होला । व्यर्थ विवादमा पर्नु पर्ला । आर्थिक संकट बेहोर्नु पर्ला । मानसिक तथा शारीरिक पीडाले सताउला । मानसम्मानमा वृद्धि होला । आफन्तबाट धोका होला । पठनपाठनमा अरुचि होला । मनमा असन्तोष रहला । आलस्यताले काम बिग्रिएला ।

वृश्चिक राशिः आर्थिक संकट पर्ला । धन नाश होला । शत्रुले काममा बाधा अडचन खडा गर्लान् । स्वास्थ्यमा समस्या आउला । मानसिक चिन्ता पर्ला । मनमा चिन्ता पर्ला । आफन्तबाट साथसहयोग पाइएला । पठनपाठनमा आलस्यता होला । २१ गतेपछि भने अन्न तथा बस्त्र लाभ होला । हाँसखेल गरेर दिन बित्ला । मित्रबाट सुख सहयोग मिल्ला । स्वादिष्ट भोजन प्राप्त होला । धन तथा बस्त्र लाभ होला । साथी सहकर्मीको सुख प्राप्त होला । नसोचेका ठाउँमा अपरिचित व्यक्तिबाट सहयोग मिल्ला । धनलाभ बढ्ला । सम्मान पुरस्कार प्राप्त होला ।

धनु राशिः सोचेका काम सम्पन्न भएकाले मनमा प्रशन्नता छाउला । ठूला व्यक्तिको सहयोग मिल्ला । मानसम्मान बढ्ला मनमा होला । मनमा उत्साह बढ्ला । घरपरिवारमा अतिथि आगमन होला । धनसम्पत्ति लाभ होला । भोजन तथा अन्य सुखसुविधा मन वृद्धि होला । आँटेका काम पूरा होलान् । २१ गतेपछि बढी खर्च होला । नजिकका मानिससँग विवाद होला । संघर्ष गरेर काम सम्पन्न होला ।

मकर राशिः जाँगर तथा जोश बढ्नेछ । आँटेको कार्य सिद्ध होला । उत्साह बढ्ला । मन प्रशन्न रहला । धनमाल लाभ होला । विशिष्ट व्यक्तिको सेवा गर्ने मौका मिल्ला । भोजन तथा भौतिक बस्तुमा सुविधा प्राप्त होला । घरपरिवारको सहयोग मिल्ला । मित्रजनबाट सुख तथा सुविधा प्राप्त होला । समयले साथ देला । २१ गतेपछि व्यर्थ खर्च बढ्ला । धन हानीले मानसिक चिन्ता पर्ला । आर्थिक संकट पर्ला । स्वजनमा विवाद होला ।

कुम्भ राशिः विपरीत लिंगीबाट साथसहयोग प्राप्त होला । व्यापार सफल होला । यात्रा सुखद रहला । भोजन तथा निद्रामा वृद्धि होला वा सुख मिल्ला । मान्यजनबाट सुख प्राप्त होला । यात्रा सम्भव होला । छोराछोरी तथा आफूभन्दा साना व्यक्तिबाट सहयोग प्राप्त होला । असन्तुष्टीले डेरा जमाउला । मानसम्मान प्राप्त होला । धनलाभ होला । कार्य व्यवसायमा सफलता प्राप्त होला । शुभकार्य थालनी होला ।

मीन राशि ः शरीरमा आलस्यता बढ्ला । आर्थिक संकट सामना गर्नुपर्नेछ । मनमा चिन्ता बढ्नेछ । कहिँ कतैको झण्झटिलो यात्रा गर्नु पर्ला । इष्टमित्रबाट सहयोग प्राप्त होला । एक किसिमको आलस्यता छाउला । निष्क्रिय रहनाले शिक्षण कार्य कमजोर रहला । २१ गतेपछि इष्ट कार्यसिद्धि होला । मानसम्मान प्राप्त होला । धनमाल लाभ होला । विशिष्ट व्यक्तिबाट सुख तथा सहयोग प्राप्त होला । मनमा उत्साह बढ्ला । अतिथिको सेवा गर्ने मौका पाइएला । शुभ समाचार प्राप्त होला । मनमा हर्ष रहला । दिन राम्ररी बित्ने छन् । -जनता समाचार ।

Leave A Reply

Your email address will not be published.