अस्पताल व्यवस्थापन समितिद्धारा ओजेटी शुल्क तीन गुणा बृद्धि

दार्चुला । अस्पताल व्यवस्थापन समितिले जिल्ला अस्पताल दार्चुलामा ओजेटी गर्न आउने विद्यार्थीहरुको शुल्क तीन गुणा बढाएको छ ।

बाहिर क्षेत्रबाट अध्ययन गरेर प्रयोगात्मककालागी आउने अहेव, एनम, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्टको ओजेटी शुल्क तीन गुणा बढेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरकसिह विष्टको अध्यक्षतामा गत फागुन १९ गते बसेको अस्पताल व्यवस्थापन समिति बैठकको निर्णयले शुल्क बढाउने निर्णय गरेको खुलेको छ । बैठकले ओजेटि शुल्क ४ सय रुपैयाँबाट ह्वात्तै बढाएर झन्डै तिन गुणा बढी १ हजार ५ सय रुपैयाँ पुर्याएको हो ।

विगत बर्षको भन्दा बढि शुल्क तिर्नुपरेपछि केहि ओजेटीमा आएका विद्यार्थीले विरोध समेत गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरकसिह विष्टले भने अस्पतालमा सिक्न आएका विद्यार्थीमा उपकरण लगायतका सामाग्री थप खरिद गर्दा खर्च बढेको भन्दै शुल्क बढाइएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.