अपहरण : बालिका पहरेदारमा प्रहरी भूमिका, समुदायमा प्रहरी पुग्दा सूचना पहुँच बढ्दै

इन्सेकद्धारा बालिकालाई आर्थिक सहयोग हस्तान्तरण

0

दार्चुला । महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्री साँझ पख भान्छामा पसिन् । चिया पकाउने सुरसार गर्दै थिइन् । बेलुकीको साढे छ बजेको थियो । बत्तिहरु धमधम बाल्न थालेका थिए । बालिकाले चिया पकाउन भाडामा पानी हालिन् । ७५ वर्षीया धरणी विष्ट (आमा) दुध दुहिन गोठमा पसिन् ।
यो घट्ना कात्तिक २१ गते औसीको दिनको हो । चिया पकाउन पसेकी नातनी खत्री भान्छाबाटै अपहरण शैलीमा हराइन् । गोठमा छिरेका आमा चिच्याए । तर नातनी भेटिएनन् । टोलभरी हल्ला भयो । नजिकै प्रहरीमा खबर भयो । प्रहरी तत्काल घरमा आइ पुग्यो । जिल्लाबाट प्रहरी नायव उपरीक्षक नवराज अधिकारी स्वयं घट्नास्थल पुगे । स्थानीयको सहयोग मागे । राती भइसकेको थियो ।
अपहरण शैलीमा हराएका बालिका खत्री घर नजिकै बेहोस अवस्थामा भेटिइन् । स्थानीयले पूरै खोजी गरे बालिका कहि भेट्टाएका थिएनन्, स्थानीय नरेन्द्रराज विष्टले भन्भयो, प्रहरी आएपछि थप खोजतलास गर्न सहज भयो । नेपाल प्रहरीले अहिले थालेको समुदाय प्रहरी साझेदारी कार्यक्रम पछि प्रहरीले छिट्टै काम गर्न थालेको महशुस भएको छ, स्थानीय व्यापारीसमेत रहेका विष्टले भने । अहिलेको कार्यक्रमले गर्दा पनि स्थानीयमा घट्ना हुने वित्तिकै प्रहरीलाई खबर गर्नुपर्छ भन्ने चेतना आएकै कारण बालिकाको खोजी गर्न सहज भयो । बालिका बोल्ने अवस्था थिएन, एकातिर चप्पल अर्कोतिर मोवाइल फालिएको थियो ।
स्थानीयको सहयोगमा बालिकालाई जिल्ला अस्पतालमा ल्याएर उपचार भयो । अहिले बालिका बोल्न सक्छन्, आमा धरणी विष्टले भन्नुभयो । प्रहरी नआएको भए बालिका बिहानसम्म मृत भेटिने थिइन् । तत्काल प्रहरीले जिम्मेवारी बहन गरेपछि मेरी नातनी जिवितै उद्धार गर्न सक्यौ ।
बालिका खत्रीका अनुसार आफु चिया पकाउन गएको बेला एक जना अपरचित मानिसभित्र आएर सिधै कपडाले पुरै टाउँकोसहित मुख बन्द गरेको थियो । दुई जना ढोकामा उभिएका थिए । को हुन् भनेर चिन्न सकेन् । कालो पोसाक थियो । चिच्चाउन सकिन् । प्रहरीले बालिका अपहरण गर्न खोजेको हुन सक्ने अनुमान गरेको छ, डिएसपी नवराज अधिकारीले भन्नुभयो । बालिका बेहोस् भएपछि अपहरणकारीले छोडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
तत्काल नजिकै प्रहरीमा खबर आएपछि बालिका जोगाउन सकिएको हो, उहाँले भन्नुभयो, समुदाय प्रहरी साझेदारीको नमूनाको रुपमा यो घट्ना सफल भएको छ । घरमा दुई जना मात्रै बस्छन् । अहिले बालिकाले असुरक्षित नहोस् भन्नको लागि प्रहरीको पहरेदारी राखेका छौ, उहाँले भन्नुभयो । प्रहरीले पटक पटक बालिकाले तनाव नलिउन् भन्नको लागि सोधपुछ गर्ने गरेको छ । बालिका बलात्कार भएका छैनन् ।
पाँच छ महिना अघि दार्चुला सदरमुकाम खलंगामासमेत यस्तै घट्ना घटेको थियो । त्यो बेला बालक आफै अपहरणकारीबाट छुटेका थिए । पछिल्लो समय जिल्लामा बालबालिका अपहरण शैलीमा हराउने घट्ना देखिन थालेका छन्, डिएसपी अधिकारीले भन्छन्, यसको लागि अभिभावक सचेत हुनुपर्छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म दार्चुलामा २१ जना बालबालिका हराएकोमा १५ जना फेला परेका छन् । छ जना अझै फेला परेका छैनन् ।
प्रहरी समयमै नपुगेको भए बालिकाको ज्यान गएको हुन्थ्यो । डिएसपी अधिकारी थप्छन्, अहिलेको समुदाय प्रहरी साझेदारी कार्यक्रम जिल्लाभरीका स्थानीय तह र वडातह वस्तीस्तरसम्म पुर्याउन कार्यक्रम सञ्चालन भइरहेका छन् । यसले गर्दा प्रहरी र समुदायको सम्बन्ध हुन्छ । सूचना आदान प्रदान गर्ने प्रवृत्ति बढ्छ ।

इन्सेकद्धारा बालिकालाई आर्थिक सहयोग हस्तान्तरण

इन्सेक दार्चुलाले महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्रीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बुवाको मृत्युभएपछि अर्काको घरमा धर्मपुत्र बसेका बालिका खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । तिनै असहाय बालिका गत कात्तिक २१ गते अपहरणमा परेकी थिइन् ।
मालिकार्जुन मावि धापमा कक्षा ६ मा अध्ययनरत खत्रीका बुवा गजी खत्रीको ११ वर्षअघि गाडी दुर्घटनामा मृत्युभएको थियो । भने आमा देवकी खत्री मानसिक रुपमा अस्वस्थ छन् । बुवाको मृत्युपछि वेसहारा बनेका खत्रीलाई अहिले ७५ वर्षीया धरणी विष्टले धर्मपुत्रिको रुपमा पालनपोषण गर्दै आएका छन् । आमा मानसिक रुपमा ठिक छैनन् । बुवाको मृत्यु भयो, तीन छोराछोरी सडकमै वेसहारा भएपछि दुई छोरी मैले घरमा राखेर पालन गरेको छु, विष्टले भनिन् । जेठी छोरी आनन्दी खत्रीको विवाह गराइदिए । कान्छी छोरीलाई विद्यालय लगाएको छु । खत्रीका जेठा दाई जयराज खत्रीलाई धापका पूर्व शिक्षक जयराज विष्टले घरमा पालन पोषण गरेका छन् खत्री पनि मानसिक असन्तुलनमा छन् । तीन भाई बहिनी बेसहारा भएपछि पालेका छौ उनले भनिन् । प्रहरीले बल्ल बल्ल बचाइ दिएको छ, नातनीलाई ।
इन्सेक दार्चुलाले जिल्लामा असहायक अनाथ गरिब बालबालिकालाई हरेक वर्षमा दुई पटक सहयोग गर्दै आइरहेको छ । बालबालिकाको थोरै भएपनि सहयोग पुगोस् भन्नको लागि सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि कार्कीले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नवराज अधिकारी पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्रसिह धामी लगायत जिल्लास्थित सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

थप तस्बिरहरु :

You might also like
Loading...