दार्चुलामा ७ ओटा मिनि टेलर बितरण, प्रबिधिको प्रयोगले किसानहरुमा खुसी

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 666
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    666
    Shares

गरीबि निवारणकालागी लघु उद्यम बिकास कार्यक्रम अन्तरगत दार्चुलाका तिनओटा स्थानिय तहका ७ ओटा बिभिन्न सफल कृषक समुहहरुलाइ एक एक ओटा खेत जोत्ने एग्रीकल्चर टेलरहरु बितरण गरीएको छ । मार्च महिनामा सम्पन्न भइरहेको लघु उद्यम बिकास कार्यक्रमको ८० प्रतिषत अनुदान सहयोगमा शैल्यसिखर नगरपालीकामा २ ओटा, मालीकार्जुन गाउँपालीकामा २ ओटा र महाकाली नगरपालीकामा ३ ओटा मिनि टेलरहरु कृषक समुहलाइ उपलब्ध गराइएको हो ।

 

चालु आर्थीक बर्षमा यसअघि तालीम पाएर उद्यम गरीरहेका ३ सय ६९ जना कृषकलाइ स्तरोन्नति गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री बितरण गरीएको हो । महाकाली नगरपालीकाका ६९ जना सहित ३ सय ६९ जनालाइ स्तरोन्नति गर्नुपर्ने र थप २ सय जनालाइ नया उद्यमि शृजना गर्नुपर्ने कार्यक्रम अन्तरगत मिनि टेलर लगायतका बिभिन्न कृषि सामाग्री हस्तान्तरण गरीएको रिड्स दार्चुलाका कार्यक्रम संयोजक जगदिश चन्द्र अवस्थीले बताउँनुभयो । जिल्लाका अधिकासं स्थानिय तहमा कृषि औजारहरु बितरण गरीएको छ ।

महाकाली नगरपालीका वडा नम्बर २ को मुल्ला र काट्टैमा २ ओटा र श्रीबगडमा एक ओटा एग्रीकल्चर टिलर बितरण गरीएको छ । यस्तै धाप र दत्तुमा २५ जना किसानलाइ गार्डेन पाइप, पोलेथिन पाइप, हाते हजारीमेसिन, स्प्रे ट्याङकी लगायतका कृषि सामाग्री बितरण गरीएको अवस्थीले बताउँनुभयो । रिड्स दार्चुलाले मेड्पा र मेड्प कार्यक्रम अन्तरगत सन २००४ सालदेखी हालसम्म जिल्लाभरी ३ हजार बढी उद्यमिहरुलाइ तालीम दिएको जनाएको छ । तालीम पाएका मध्ये आधाजति मानिसले स्वरोजगारमुलक काम गरीरहेको रिड्सले जनाएको छ । सफल उद्यमिहरुलाइ सहयोग र सम्मान स्वरुप अहिले कृषि सामाग्री बितरण गरीएको जनाइएको छ । बिहिबार एक कार्यक्रमकाबिच श्रीबगडका कृषकहरुलाइ एग्रीकल्चर मेसिन हस्तान्तरण गरीएको छ ।

यसैबिच,

खेत जोत्ने मिनि टेलर अनुदानमा पाएपछि महाकाली नगरपालीका वडा नम्बर १ श्रीबगडका कृषकहरु निकै हर्षीत भएका छन । गरीबि निवारणकालागी लघु उद्यम बिकास कार्यक्रम अन्तरगत श्रीबगडमा गठित सगरमाथा लघु उद्यमि समुहले शुक्रबार ८० प्रतिषत अनुदान सहयोगमा खेत जोत्ने मेसिन पाएका हुन । श्रीबगडका सबैले तरकारी र पशुपालनबाट सफल कृषकको रुपमा उदाहरणिय सफलता हासील गर्न सफल भएका छन । चालु आर्थीक बर्षमा मेड्पाबाट यसअघि तालीम पाएर उद्यम गरीरहेका कृषकलाइ स्तरोन्नति गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री बितरण गरीएको रिड्स दार्चुलाका कार्यक्रम संयोजक जगदिश चन्द्र अवस्थीले बताउँनुभयो ।

निकै मेहनतका साथ उद्यम गरीरहेका श्रीबगडबासि कृषकहरुले तरकारी खेतिबाटै मनग्य आम्दानि गर्दै आएका छन । समुहमा आबद्ध भएर तरकारी खेति गरीरहेका अधिकासं कृषकले २ लाखदेखी १० लाखसम्म बार्षीक आम्दानि गर्नेगरेका छन । खरको समस्याका कारण गोठमा गोरु पाल्न छोडिसकेको अवस्थामा प्रबिधिमा आधारीत खेत जोत्ने मिनि टेलर पाएपछि कृषकहरुले राहत महसुस गरेको सगरमाथा लघु उद्यमि समुहका अध्यक्ष अमर बहादुर बमले बताउँनुभयो ।

जिल्लाका बिभिन्न स्थानिय तहमा कृषक स्तरोन्नति कार्यक्रम अन्तरगत मिनि टेलर, मौरी घार लगायतका कृषि औजारहरु बितरण गरीएको छ । रिड्स दार्चुलाद्धारा सञ्चालीत मेड्पा र मेड्प कार्यक्रम अन्तरगत सन २००४ सालदेखी हालसम्म जिल्लाभरी ३ हजार ४ सय बढी उद्यमिहरुले तालीम पाएका छन । तालीम पाएका सबैले उद्यम नगरेपनि अधिकासं कृषकहरु सफलताको उदाहरण प्रस्तुत गर्न सफल भएको रिड्स दार्चुलाका कार्यक्रम संयोजक अवस्थीको भनाइ छ ।

श्रीबगडमा भएका मिनि टेलर हस्तान्तरण कार्यक्रममा महाकाली नगरपालीकाका उपमेयर सुना बोहरा, प्रमुख प्रशासकिय अधिकृत खेमराज देबकोटा लगायतको समेत सहभागिता रहेको थियो । कृषकहरुले उपमेयर बोहरालाइ तरकारी बिउँ, कृषि औजारहरु लगायतको ब्यबस्थाकालागी अनुरोध समेत गरेका थिए । कृषकहरुको आबश्यकता र मागका आधारमा नगरपालीकाले सहयोग गर्ने उपमेयर सुना बोहराले प्रतिबद्धता जनाउँनुभएको छ ।

प्रतिक्रिया तल लेख्नुहोस्

1 Comment on "दार्चुलामा ७ ओटा मिनि टेलर बितरण, प्रबिधिको प्रयोगले किसानहरुमा खुसी"

  1. यो समाचारले सुदुरसमाचार डट कमको भूमिका आर्थिक क्रान्तितर्फ सशक्त छ भन्ने देखिन्छ । मिडियाले उद्यमशिलतासम्बन्धी गतिविधीको समाचारलाई प्राथमिकताकासाथ प्रकाशमा ल्याउनु भनेको स्थानीय सरकारलाई आर्थिक समृद्दि र दिगो शान्ति स्थापनातर्फ डोर्याउनु हो । अझ नियमित स्तम्भका रूपमा सफल उद्यमीहरूका प्रत्यक्ष कुराकानीले पनि सानो ठाउँ पाउने हो भने, उद्यमीहरूमा हौसला जाग्नेथ्यो, दिगो उद्यमशिलता र स्तरोन्नती गर्दै जाने प्रेरणा मिल्नेथ्यो । अन्तत: स्थानीय रोजगारी सृजनामा योगदान पुग्नेथ्यो ।

Leave a comment

Your email address will not be published.


*