साँफेबगर नजिक रहेको बुढिगंगा नदी किनारमा एक युवकको शव भेटियो

0

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ टोटासाल नजिक रहेको बुढीगंगा नदी किनारमा एक युवकको शव भेटिएको छ ।

प्रहरीका अनुसार जुराको त्रिबेणी नगरपालिका — २ छताराका २५ वर्षीय झप बुढाको शव नदी किनारामा डुबेको अवस्थामा भेटिएको हो ।

पोष्टमार्टमका लागि शव मंगलसेन पठाइएको छ। घटनाबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख मोहन साउँदले जानकारी दिनुभयो ।

You might also like
Loading...