समाचार प्रभाब : महाकालीमा लगाइएका तीन ओटा काठेपूल भत्काइयो

0

दार्चुला । नेपाल भारतका उत्तरी सीमाको महाकाली नदी माथि बिना अनुमति भारतीय पक्षबाट लगाइएको अस्थायी काठेपूलहरु सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भत्काइएको छ । भारतले नेपालको अनुमति विनै पेल्सीतीमा, घाटी बगड र दोपाखेमा लगाएका काठे पूल भत्काएको हो ।
दुई वटा काठे पूल निर्माणको लागि भारतलाइ नेपाल सरकारको तर्फबाट अनुमति दिएको भएपनि अन्तरराष्ट्रिय सिमा नदी महाकालीमा भारतीय पक्षले पाँच वटा अस्थायी काठे पूल निर्माण गरेको थियो । भारतीय पक्षले नजाङ र तम्बाकुमा नेपाली पक्षको अनुमतिमा काठे पूल लगाएको छ ।
हिउँदमा नदीको मात्रा घटेसँगै नदीवारपार गर्नको लागि अस्थायी रुपमा काठेपूल निर्माणगरेको थियो । सञ्चार माध्यममा भारतीयले एकतर्फी सहमति भन्दा बढि पूल लगाएको भन्दै समाचार प्रसारण, प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सीमा क्षेत्रमा लगाइएका पूलहरुको अनुगमनमा सशस्त्र प्रहरी खटाएको थियो ।
सशस्त्र प्रहरीले उक्त क्षेत्रमा लगाइएका तीन वटै काठे पूल भत्काएको बिषयमा जिल्ला सुरक्षा समितिमा छलफल भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । भारतले आफ्नो भूमिमा सडक निर्माणमा सहजता होस् भन्नको लागिबेला बेलाबेलामा अस्थायी काठे पूल महाकाली नदीमा राख्ने गरेको छ ।
भारतद्धारा काठेपूल निर्माण गरेका क्षेत्रमा नेपालको राज्यको उपस्थिती छैन् । नेपाली नागरिकको बसोबास नरहेको मौका छिपी भारतीय पक्षले पटक पटक काठे पूल लगाएर नदीवारपार गर्ने र अबैध चोरीपैठारी हुने गरेको गरेको स्थानीय बताउँछन् ।

You might also like
Loading...