जय नेपाल क्रिकेट प्रतियोगितामा लालसलाम टिम फाइनल प्रवेश

0

दार्चुला । शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुल्ला क्रिकेट प्रतियोगितामा बस्कोट सुपरकिंग र लालसलाम खलंगा फाइनल प्रवेश गरेका छन् ।

अपी चौलानी सृजनशिल युवा क्लवको आयोजनामा पहिलो पटक गोकुलेश्वरमा आयोजना गरिएको जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा जित हात पार्दै बुधबार लालसलाम खलंगा र बस्कोट सुपरकिगं फाइनल प्रवेश गरेका हुन् ।

बिहिबार बिहानदेखि लालसलाम र बस्कोटबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

जिल्लाकै सर्वा्धिक धनराशीमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टिमलाई नगद एक लाख एक हजार एक सय ११, द्धितीय टिमलाई नगद ६१ हजार एक सय ११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै हरेक खेलका म्यान अफ द् म्याचले पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा दार्चुलाका ९ तथा बैतडीका चार वटा गरी कुल १३ टिमले सहभागिता जनाएका थिए ।

दार्चुलाका नेपाली कांग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो ।

You might also like
Loading...