जय नेपाल क्रिकेट प्रतियोगितामा लालसलाम ९० रनले बिजयी

0

दार्चुला । शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी लालसलाम खलंगाले हात पारेको छ । अपी चौलानी सृजनशिल युवा क्लवको आयोजनामा बिहिबार दिउँसो सम्पन्न फाइनल प्रतिस्पर्धामा बस्कोट सुपरकिंग बस्कोटलाइ हराउँदै लालसलाम खलंगा ९० रनले बिजयी भएको हो ।
बिहान साढे आठ बजेदेखी शुरु भएको खेलमा लालसलाम खलंगाले टस जितेर ब्याटिङ गरेको थियो । २० ओभरको खेलमा ९ बिकेट गुमाउँदै लालसलाम खलंगाले १ सय ८५ रनको योगफल तयार पार्न सफल भएको थियो । खेलमा लालसलामको तर्फबाट गौतम धामीले सर्बाधिक ८३ रन र सञ्जी फिरिमालले ३८ रनको योगदान दिएका थिए । बस्कोट सुपरकिंगको तर्फबाट दिपेन्द्र ऐरी ३ बिकेट र किरन ठगुन्नाले २ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको बस्कोट सुपरकिंग १६.१ ओभरमा ९५ रन बनाउँदै अलआउट भएको हो । जसमा किरन धामी ४५ रन र दिपेन्द्र बोहरा १५ रन बाहेक अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । लालसलाम टिमको तर्फबाट करन डडाल ३ किकेट लिन सफल भएका थिए ।
खेलको म्यान अफ द म्याच र उत्कृष्ट ब्याट्सम्यान लालसलाम टिमका गौतम धामी र म्यान अफ द सिरिज रबि बिष्ट घोषणा भएका छन् । यस्तै बस्कोट टिमका प्रकाश चन्द उत्कृष्ट बलर घोषित भएको भुपेन्द्र सिह धामीले जानकारी दिनुभयाे ।
जिल्लाकै सर्वा्धिक धनराशीमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टिमलाई नगद एक लाख एक हजार एक सय ११, द्धितीय टिमलाई नगद ६१ हजार एक सय ११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै हरेक खेलका म्यान अफ द् म्याचलाइ पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरीएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा दार्चुलाका ९ तथा बैतडीका चार वटा गरी कुल १३ टिमले सहभागिता जनाएका थिए । दार्चुलाका नेपाली काग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो ।

You might also like
Loading...