जात्रा सकिए, रातभरी लाग्ने जात्रा दिउँसो लगाउँन पहल हुदै

संस्कृतिमाथिको बिकृति रोक्न दिउँसो जात्रा लगाउँनु आवश्यक

0

दार्चुला लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा लागेका जात्रा सम्पन्न भएका छन् । दार्चुलाको लेकम क्षेत्र सहित सुदूरपहाडका जिल्लाहरुमा कार्तिक शुक्ल पक्षभरी दर्जनौ मठमन्दिर तथा शक्तीपठहरुमा जात्रा लागेका हुन् । भाई टिकाको दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलहरुमा लाग्ने जात्रालाइ ऐतिहासिक एवं धार्मीक महत्वका साथै आफन्त एवं ईष्टमित्रसंग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ । द्धितिया तिथिबाट निरन्तर जात्रा शुरु भएपनि दशैको अवसरमा समेत जिल्लाका बिभिन्न स्थानमा जात्रा लाग्ने गरेको छ ।
द्धितिया तिथिमा मालिकार्जुनको चौड, बोहोरीगाउँको बन्तोली र लेकमको मैखोली लगायत लटिनाथ मन्दीरबाट शुरु भएका जात्रा शुक्रबार लेकम गाउँपालिकाको कुणी, पाती लगायत स्थानमा लागेको स्थानिय हरीदत्त जोशीले बताउँनुभयो ।
दार्चुलाको प्रसिद्ध जयपुर जात्रा नबमी तिथि र राष्ट्रकै सातौ धामका रुपमा परिचित मालिकार्जुन मन्दीरमा लाग्ने मालिकार्जुन जात्रा चतुर्दसी तिथिमा सम्पन्न भएका छन् । यस्तै बैतडीमा चर्तुदर्शी र पुर्णीमाको अवसर पारेर मेलौलीमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिर र सुर्नयामा रहेका भवानी मन्दिर, गणमेश्वर लगायतका मन्दिरमा पनि शुक्रवार मेला सम्पन्न भएका छन् । दार्चुला, बैतडीमा लाग्ने जात्रा हेर्न सुरुदूरपश्चिमका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतका विभिन्न स्थानका दर्शनार्थीहरु समेत आउँने गरेका छन् ।
परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन अनुसार पछिल्लो समयसम्म रातीको समयमा बिभिन्न सक्तिपिठहरुमा जात्रा लाग्ने गरेका छन् । देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रीको बेला मन्दिरहरुमा पूजाआजा हुने भएपनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् ।
पुजाआजा गर्ने र खेल खेलेर, दामाहा बजाएर रमाइलो गर्ने पर्वको रुपमा जात्रा लाग्ने गरेपनि पछिल्लो समय जात्राहरुको मौलीकता हराउँदै गएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले बताउँनुभयो । रातीको समयमा जात्रा लगाउँदा मदिरा, जुवातासका कारण बिभिन्न बिकृतिहरु भित्रिन थालेको, झैझगडा र दुर्घटनाको जोखीम बढ्दै गएको, हिउँदको समयमा चिसो अत्यधिक हुने गरेको, सुरक्षाका दृष्टिकोणले जोखीम बढ्दै गएको, युवायुवतिहरु संस्कृति संरक्षण गर्ने भन्दापनि बिकृति बढाउँने किर्याकलापमा बढी केन्द्रित हुन थालेकोले जात्रालाइ मर्यादित बनाउँन दिउँसोको समयमा लगाउँनु उपयुक्त हुने उहाँको धारणा छ ।
समयको परिवर्तनसंगै असमाजिक गतिबिधिहरुलाइ कम गर्न जात्रालाइ दिनमा लगाउँनु उपयुक्त हुने कुरामा लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी लगायत जनप्रतिनिधिहरुले समेत सहमति जनाएका छन् । यद्धपी मन्दीरका (भण्डारी) भर्ण्या, मुखीयाहरुलाइ यो बिषयमा सम्झाउँन सक्नुपर्ने मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुस्पा अवस्थीको भनाइ छ । लेकम गाउँपालिकाका बिभिन्न मन्दीरका पुजारी र भर्ण्याहरुले मालिकार्जुन मडबाट दिउँसो जात्रा लगाउँन शुरु गरे आफुहरु निरन्तरता दिन तयार रहेको बताएका छन् ।

मालिकार्जुन मन्दीर लेकम ५ मैखोलीका भण्डारी गोबिन्द जोशीले राती जात्रा लगाउँदाका बेफाइदा बढ्दै गएपनि परम्परा तोड्न कठिन रहेको बताएका छन् । यद्धपि मालिकार्जुनबाट दिउँसो जात्रा लगाउँने काम शुरु भए आफुहरु तयार रहेको उहाँको भनाइ छ । मालिकार्जुनका मुखीया रुद्र सिह धामीले दिउँसो जात्रा लगाउँनुपर्ने बिषयमा सबैलाइ सहमतिमा ल्याउन कठिन हुने बताउँनुभयो । यद्धपि मन्दीरका भण्डारी, पुजारी, समाजका अगुवा र जनप्रतिनिधिहरु नै तयार भइसकेपछि जात्रा दिनमा लगाउँन कठिन नहुने लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो । अगामी बर्षदेखी दिनमा जात्रा लगाउँन आफुले सक्दो पहल गर्ने अध्यक्ष जोशीले प्रतिबद्धता जनाउँनुभयो ।
बिगतमा धार्मीक, सास्कृतिक मूल्य मान्यतालाइ आधार मानेर मन्दीरमा रातीको समयमा जाग्राम बस्ने, पुजाआजा गर्ने, भक्ती संगित, बाजागाजा र लोक गित, दोहोरी, डेउँडा, फाग, सगुनहरुको संरक्षण गर्ने उदेश्यले जात्रा लगाउँने परम्परा शुरु भएपनि पछिल्लो समय मौलीकता हराउँदै गएको र बिकृतिहरु बढ्दै गएकोले जात्रा दिनमा सञ्चालन गर्नु उपयुक्त लेकम ५ का हरीदत्त जोशीले जोड दिनुभएको छ । समाजिक सञ्जाल फेसबुक र मैखीक रुपमा समेत धेरै बौद्धिक बर्गले रातीको समयमा जात्रा लगाउँनुका बेफाइदा बढ्दै गएकोले दिउँसोको समयमा जात्रा लगाउँनु उपयुक्त हुने तर्क गर्न थालेका छन् । यो बर्षको जात्रा रातीकै समयमा लागेर सम्पन्न भएको भएपनि अगामी बर्षदेखी जात्रापर्बको मौलीकता नमासिनेगरी दिउँसोको समयमा जात्रा लगाउँन सबैले अग्रसर हुनुपर्ने जोशीको भनाइ छ ।
साच्चै समाज परिवर्तन र सकारात्मक रुपान्तरणकालागी जनप्रतिनिधिहरु र समाजिक अगुवाहरु लागेका हुन भने बिकृतिलाइ प्रसय दिइरहेको रातीकालीन जात्रालाइ दिनमा लगाउँने आट गर्नुपर्दछ । पुजाआजा, रमाइलो र संस्कृति संरक्षण गर्न दिउँसो र राती जुनसुकै बेला समेत गर्न सकिन्छ, तर रातीको समयमा हुने बिकृति बिसंगतिहरुलाइ रोक्न दिउँसो जात्रा लगाउँनुको बिकल्प देखीदैन । सुरक्षा सतर्कता जतिसुकै बढाएपनि दिउँसोको भन्दा धेरै गुणा बढी रातीको समयमा समस्या र बिकृति हुने भएकोले समाजिक बिकृति रोकथाम गर्दै उदाहरणिय समाज निमार्ण गर्न दिउँसो जात्रा लगाउँनै सबैले सकारात्मक सहयोग गर्नु आबश्यक देखीन्छ । अन्तमा याे बिषयमा तपाइकाे धारणा के छ कमेन्टमा थप्दै जानुहुन अनुराेध छ ……

 

You might also like
Loading...