प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनपछिको एक बर्ष ! खै सुखी नेपाली, समृद्ध नेपालकाे लक्षण ?

0

दार्चुला । गतबर्ष आजकै दिन अर्थात मिति २०७५ साल मंसीर १० गते प्रदेश तथा प्रतिनिधिसभा निर्बाचन सम्पन्न भएको थियो । कुल ६९ दशसलब ४० प्रतिषत मत खसेको दार्चुलामा पुरुष भन्दा महिला मतदाता बढी मतदानमा सहभागि भएका थिए ।
कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा २४ हजार ९ सय ४५ पुरुष र २९ हजार ५ सय ४८ महिलागरी कुल ६९.४० प्रतिषत अर्थात ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका थिए । दार्चुलाका हार्ने र जित्ने सबै अर्थात १५ वटै उम्मेदवारले सम्बन्धित क्षेत्रमा गएर मतदान गर्दै भनेका थिए, बिजयी भएपछि बिकासले गति लिन्छ ।
निर्बाचनमा १५ जना सहभागि भएपनि जित्ने तीन जनामात्रै थिए, प्रतिनिधिसभामा नेकपा केन्द्रिय सदस्य एबं तत्कालीन बाम गठबन्धनका उम्मेदबार गणेशसिह ठगुन्ना, प्रदेश सभा क्षेत्र नम्बर क मा गेल्बुसिह बोहरा र ख मा मान बहादुर धामी सन्तोष । मतगणना सम्पन्न भएपछि अबिर टिका लगाए, बधाईको आइरो लाग्यो, जितेपछि गाउँगाउँ गएर बिजयी र्यालीहरु भए, सासंद पदमा निर्बाचित गराउँने मतदाताहरुसंग बाचा दोहोर्याए, चुनाबी प्रचारमा गरेका बाचाहरु भुल्ने छैनौ, एक बर्ष, दुइ बर्ष हुदै —- — ५ बर्षसम्म जिल्लाको बिकासमा तपसिलका कामहरु पुरा गरेरै छाड्नेछौ ।
५ बर्षकालागी बिजयी भएका उम्मेदबारहरुको एक बर्ष सकिएको (माइनस) भएको छ, योजना अनुसार एक बर्षमा गर्ने भनेर गरीएका बाचाहरु पुरा भए या भएनन् नेताहरुलाइ नै थाहा होला, जनताको आधारभुत समस्याहरु समाधान हुने लक्षण देखीए या देखीएनन् जनतालाइ नै थाहा होला तर दार्चुलाको बिकासको मेरुदण्ड भनेर भरपुर राजनीतिकरण भएपनि प्रगति हुन नसकेका, दार्चुला तिकंर सडकको गती र स्तरोन्नती ? गोकुलेश्वर बिमानस्थलको हालत ? लेकम क्षेत्रको खानेपानी समस्या ? चमेलिया बिद्युतबाट दार्चुलालाइ बिजुली बितरण ? जिल्लाको समग्र क्षेत्रको यातायात, बिद्युत, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारको बिस्तार र सुधार तथा रोजगारी शृजना… लगायतका कुराहरुमा माननिय ज्यू हरु कति सफल बन्दैछन् ? क्रिर्यासिलता कस्तो छ ? कस्तो हुनुपथ्र्यो ? पराजय भोगेका राजनीतिक दल र नेताहरुको भुमिका कस्तो छ ? सत्तापक्षका नेताहरुको भुमिका के कस्तो छ ?
निर्बाचित भएको एक बर्ष मात्रै बितेको छ, अझै चार बर्ष बाकी छ, तर समयको महत्त र सूशासन र बिकास पद्धतिमा सुधार हुदै छ या छैन यो बिषयमा मनैदेखी नेताहरु गम्भीर र सचेत छन, कि छैनन ? कार्यकर्ता र अभियान्ता भनाउदा हामीहरुले नेताहरुलाइ लाइनमा ल्याउने कि नल्याउने ? गाउँ, समाज, जिल्लाको बिकासकालागी हामी कसले के गर्नुपथ्र्याे, के गरीरहेका छौ …. .. आदी आदी सबैले सोचौ । नेतालाइ सफल बनाउँन कार्यकर्ताकाे सबैभन्दा ठुलाे हात हुन्छ तर यहा त ब्याक्तिगत स्वार्थ र ….. बाहेक …..
बिडम्बना दुई तिहाइ बहुमतको सरकार गठन भएपनि संघिय र प्रदेश या स्थानिय सरकारको प्रगति, बिकास गति र सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा जनताहरु बिस्वस्त र सन्तुष्ट हुन सकेको देखिदैन । प्रदेश सरकारको गत आर्थिक बर्षको बजेट खै कता कता भनेजस्तो भयो, चालु आर्थिक बर्षको बजेट अहिलेसम्म खर्च नै हुन सकेको छैन, तीनै तहको आबश्यक ऐन कानुनहरु बन्न बाकी छन भन्ने सुनिन्छ, तर कहिलेसम्म बनाउँने खै त गति ! स्थानिय सरकारहरुमा भइरहेकाे बेतिथि हेर्ने कसले ? …. …. …..!
जिल्लाको बिकासकालागी नेताहरुको एकता छैन, राजनीतिक दलहरुबिचको सहकार्य छैन, बरु बेकारमा आफ्नै डम्फु बजाउँनै मा ठिक्क छन केन्द्रिय, बरिष्ठ र कनिष्ठ सबै नेता, कार्यकर्ताहरु, माननिय गणेश ठगुन्ना र दिलेन्द्र बडू तथा सबै तहका नेताहरुले मिलेर काम गरेको सुन्ने चाहाना राती सुतेको बेला मात्रै पुरा हुन्छ कहिलेकाही ? स्थानिय, प्रदेश र केन्द्रिय सरकार र जनप्रतिनिधिहरुबिचको सहकार्य खै ? अनि आफ्नो पहुच पुगेको ठाउँमा आफ्ना नेता कार्यकर्ता पोस्नकालागी जनताको समस्यालाइ नजरअन्दाज गरेर बितरणमुखी र कार्यकर्तामुखी योजना बनाएर कागज ठिक्क पार्ने अनि दिगो बिकास, सुखी नेपाली र समृद्ध नेपालका बाजा बनाउँने ?
यसरी नै सुखी नेपाली समृद्ध नेपाल बन्ने हो भने, मेरो भन्नु केहि छैन होइन भने नेताहरुको इमानदारीता, जनउत्तरदायित्त, तीनै तहका जनप्रतिनिधिहरुबिचको सहकार्य, निरन्तर जनताका समस्या समाधान गर्न छलफल र बिकासको ठोस योजना, कडा मिहेनत र पहल कदमी आबश्यक देखीन्छ, …..अनसन बस्नुहाेस्, मन्त्री बन्नुहाेस, पार्टी त्याग्नुहाेस, बिलासी जीबनशैली र काेरा भाषण, अाराेप प्रत्याराेप त्यागनुहाेस ….. …बस समाज परिवर्तन र समृद्ध जिल्ला बनाउँन लाग्नुहाेस … …अाफ्नै जीवनकालमा केहि परिवर्तन गरेर देखाउनुहाेस माननिय ज्यु हरु…. याे अवसर सबैले पाउदैनन….सधै सबैबेला पाइदैन …. ….सबैकाे भलाे गर्नुहाेस, सच्चा समाजसेवा गर्नुहाेस् तपाइले अाफ्नै गुनगान अाफैले गाइरहनु पर्दैन जनताले जयजयकार गर्नेछन तर …… …..

माथिकाे कुरालाइ नराम्राे दृष्टिकाेणबाट नबुझिबक्सियाेस तर जीम्मेवारी बाेध पक्कै हाेस, कतै भुल भएकाे लाग्छ या अहिलेकाे बिकासगति सुस्त लाग्याे भने त्याे उर्जा मिलाेस जसले सबै चुनाैती सामना गरेर बिकासकाे मैदानमा उत्रिन तागत मिलाेस हैन यस्तै गति र मति हाे भने बिभिन्न निकायमा भइरहेकाे प्रकृर्यागत भ्रष्टाचार र जनबिराेधि कामकाे खाेल उतार्न प्रयास शुरु हुने छ !

….. ……छिट्टै नमुना काम गरेका नेताहरुकाे जीवनि लेख्ने अवसर मिलाेस धन्यबाद !

You might also like
Loading...