मानसखण्ड धार्मीक महामहोत्सबमा साढे २४ लाख आम्दानी, २१ लाख खर्च

0

दार्चुला । गत कार्तीक ८ गतेदेखी १५ गतेसम्म सञ्चालन भएको मानसखण्ड धार्मीक महा महोत्सबबाट कुल २४ लाख ६४ हजार ५ सय ४० रुपैया आम्दानी भएको छ । कलस, सहयोग रसीद, सालिग्राम पुजन, दानपेटिका लगायतबाट उक्त रकम संकलन भएको आयोजक महेन्द्र नमुना माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले जानकारी दिनुभयो ।

यस्तै यज्ञ सामाग्रि खरीद, प्रचारप्रसार, सुसंस्कार समाजलाइ दिएको र गुरु दक्षिण गरी २१ लाख १३ हजार ८९ रुपैया खर्च भएको बिद्यालयका प्रधानाद्यापक जोशीले बताउँनुभयो । उहाँका अनुसार खर्च कटाएर महोत्सबबाट ३ लाख ५१ हजार ४ सय ५१ रुपैया बचत आम्दानी भएको छ ।

जिल्ला सदरमुकामस्थित महेन्द्र नमुना माद्यमिक विद्यालयको शैक्षिक एवं सर्वाङ्गीण विकासका लागी आयोजना गरीएको उक्त धार्मीक महोत्सवमा श्रिमत भगवत गिता पाठ बाचन, राष्ट् शान्ति पितृमोक्ष, सहस्त्र सालिग्राम पूजा अर्चना बिराटमय संगीतका साथै बाल संस्कार र योग कक्षाहरु समेत सञ्चालन गरीएको थियो । सयौको उपस्थिति रहेको महोत्सबमा झन्डै ६ सय शान्ति कलस बिक्रि भएको आयोजकले जनाएको छ ।

You might also like
Loading...