३९ लाख खर्चेर गाडी खरीद गर्दै मार्मा गाउपालिका

प्राबिधिक र आर्थिक प्रस्ताब पास भएसंगै सम्झौताकालागी टाटा कम्पनिलाइ पत्राचार

0

दार्चुला । मार्मा गाउँपालिकाले दुई हप्ताभित्रै टाटा कम्पनिकाे चारपाग्रे गाडी खरीद गरेर सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकामा निर्बाचित जनप्रतिनिधिहरु र कर्मचारीले प्रयोग गर्नेगरी काठमान्डौबाट ५ सिट क्षमताको टाटा पिकअप गाडी खरीद हुने भएको हो ।

सार्वजनिक खरीद ऐन २०६३ र खरीद नियमावली २०६४ अन्तरगत रहेर गाडी खरीद भइरहेको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिनुभयो । क्याटलक सपिङ कार्यबिधि अनुसार ७ देखी १५ दिने सूचना प्रकाशन गरेर प्राबिधिक प्रस्ताब आह्वान गर्नुपर्ने भएकोले मार्मा गाउँपालिकाले गत कार्तीक २८ गते राष्ट्रिय कारोबार दैनिकका ७ दिने सूचना प्रकाशन गरेर प्रकृर्या अगाडी बढाएको उहाँले बताउँनुभयो ।

सूचना आह्वान गरेपश्चात टाटा कम्पनी सम्पर्कमा आएको हो । अहिले टाटा कम्पनीसंग प्राबिधिक र आर्थिक प्रस्ताब पास भइसकेकोले गाडी खरीद गर्नकालागी सम्झौता सम्झौता गर्ने तयारी भइरहेको छ ।

सोमबार सम्झौता आह्वान गरीएकोमा मंगलबार सम्झौताकालागी कम्पनीलाइ पत्राचार गरीएको प्रमुख प्रशासकिय अधिकृत पनेरुले बताउँनुभयो । कम्पनीले अहिलेसम्म बिल दिन र सम्झौता गर्न बाकी भएपनि आर्थिक प्रस्ताब अनुसार गाडी खरीदमा ३८ लाख ७० हजार रुपैया लाग्ने देखीएको छ ।

गाउँमा यातायात सेवाको राम्रोसंग बिस्तार र स्तारोन्नती भइनसकेको अवस्थामा झन्डै ३९ लाख रुपैया लागतमा जनप्रतिनिधिहरु गाडी खरीद गरीरहेका छन् ।

#साङकेतिक तस्बिर प्रयाेग गरीएकाे 

You might also like
Loading...