दुहुँमा इनभेष्टमेन्ट बैंकको शाखा स्थापना, ३ गाउँपालिका अझै बैंकविहीन

0

दार्चुला । दार्चुलाको दुहु गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडको शाखा उद्घाटन भएको छ । दुहु गाउँपालिका वडा नम्बर २ गहकुलमा बुधबार गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की र नेपाल इन्भेष्टमेन्ट बैक धनगढीका प्रबन्धक राजेन्द्र बहादुर सिहले संयुक्त रुपमा बैंकको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन भए संगै बैंकबाट प्रदान हुने सम्पुर्ण सेवाहरु शुरु भएको बैंक शाखा प्रबन्धक बिरेन्द्र कार्कीले जानकारी दिनुभयो । बैंकसम्म बिद्युत सेवा उपलब्ध छ । अहिले भिसेट प्रणालीमार्फत ईन्टरनेट सेवाको ब्यवस्थापन गरीएको छ ।
गाउँमै बैंक शाखा स्थापना भएर सेवा प्रवाह हुन थालेपछि बैंकिङ कारोवारकालागी जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाका प्रबक्ता गोबिन्द सिह डडालले जानकारी दिनुभयो ।
दुहुमा बैंकिङ कारोवार शुरु भएसंगै जिल्लाका ६ ओटा स्थानिय तहमा बैंकको पहुच पुगेको छ । दुई ओटा नगरपालिका र ७ ओटा गाउँपालिका गरी ९ ओटा स्थानीय तह रहेको दार्चुलाको अपिहिमाल, ब्यास र नौगाड गाउँपालिकामा हालसम्म कुनैपनि बैंक पुगेका छैनन् । पुर्बाधार अभाबमा बैंक स्थापना गर्न ढिलाइ भइरहेको सम्बन्धीत स्थानीय तहहरुले जनाएका छन् ।
नौगाड गाउँपालिकामा जनता बैंकको शाखा बिस्तार गर्ने तयारी छ । बैंक सञ्चालन गर्नकालागी आबश्यक पुर्वाधार निर्माण भइरहेकोले दुई हप्ताभित्रै बैंकिङ कारोवार शुरु हुने वडा नम्बर २ का वडाअध्यक्ष नरेन्द्र सिह ठगुन्नाले जानकारी दिनुभयो । दुहु र ब्यास गाउँपालिकासम्म सडक बिस्ता नभएको कारण बैंक शाखा स्थापनामा ढिलाइ भइरहेको छ ।
यस्तै मार्मा, मालिकार्जुन र लेकम गाउँपालिकामा केहि समय पहिले बैंक शाखा स्थापना गरीएको भएपनि बिद्युत, इन्टरनेट अभाब लगायत बिबिध समस्याका कारण प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन । मार्मा गाउँपालिकामा सनराइज बैंक, मालिकार्जुन गाउँपालिकामा माछापुच्र्छे बैंक र लेकम गाउँपालिकामा लक्ष्मी बैंकको नयाँ शाखा स्थापना भएका हुन ।
यसअघि जिल्लाको महाकाली नगरपालिका र शैल्यसिखर नगरपालिकामा मात्रै बैंकहरु कार्यरत रहेका थिए । भगौलीक बिकटताका कारण आधारभुत पुर्बाधारहरुको समेत सुबिधा नहुदा बैंकहरु आउन नमान्ने र आएपनि कार्यसम्पादन नहुने समस्या रहेको छ ।
दुर्गमका स्थानीय तहका सेवाग्राहिहरु जोखीमपुर्ण र खर्चीलो भएपनि जिल्ला सदरमुकाम खलंगाबाटै बैंकिङ कारोवार गर्न बाध्य छन् । सडक, बिद्युत, सञ्चारको समस्या समाधान नहुदा बैंकिङ कारोवार गाउँपालिकाबाटै प्रभावकारी रुपमा सञ्चालन गर्न कठिन रहेको छ ।
देशभरीका सम्पुर्ण स्थानीय तहमा गत बर्षभित्रै ‘क’ वर्गको बैंक सेवा पुर्याउने सरकारको लक्ष्य अझै पुरा हुन सकेको छैन् । प्रदेश नम्बर ७ का मात्रै ८८ ओटा स्थानीय तहमध्ये झन्डै दुई दर्जन स्थानीय तह बैंकहरुको पहुच बाहिर रहेका छन् ।
सिहदरवारको अधिकार गाउँगाउँमा भनेर नारा लगाएको दुई बर्ष बितेपनि सामान्य बित्तिय कारोबारकोलागी समेत स्थानीयबासी बिभिन्न समस्याहरुको सामना गर्दै जिल्ला सदरमुकाम धाउन बाध्य छन् ।

You might also like
Loading...