छ्या् उहाँकाे दिसा(गू) सडकमा उत्रेर बग्न थालेछ….

0

दार्चुला । ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ अभियान थालेको दुई बर्ष ढिलागरी दार्चुला जिल्लालाइ केहि महिना पहिले खुल्ला दिसामुक्त घोषणा गरीएको छ । मुख्यमन्त्रीको रेड कार्पेटले स्वागत गरेर प्रमुख अतिथि बनाइ खुलामंच छेउकै दिसा ढाकेर तामझामका साथ बृहत कार्यक्रमका बिच जिल्लालाइ नै खुलादिसामुक्त बनाइएको कुरा धेरैको दिमागमा ताजै छ ।
गाउँबस्तीहरुमा बिभिन्न संघसंस्थाहरु, तत्कालीन गाबिस लगायत सहयोगी निकायहरुको सहयोगमा खुल्ला दिशामुक्त अभियान अन्तरगत शैचालय निमार्ण गरेपनि सदरमुकाम खलंगाको दिशा ब्यवस्थापन अझै हुन सकेको छैन् । जिल्ला सदरमुकामको पुलघाट पिपलचौतारालगायत महाकाली नदी किनार नजिकका ठुलाठुला घर पशलहरुबाट निस्कने दिसाजन्य ढल सिधै महाकाली र खुल्ला रुपमासमेत छोडेको पाइएको छ ।
पिपचचौतारा नजिक लाखौ खर्चेर गत बर्ष शैचालय निमार्ण गरीएको छ । महाकाली नगरपालिकाको तर्फबाट ४ लाख बढी बजेटमा पिपलचौतारो निर्माण गरेर आकर्षक मन्दीर समेत बनाइएको छ । तर मन्दीरकै छेउँमा ठुलाठुला घर, पशलहरुबाट निस्कने दिशा पिसाबको खुल्ला रुपमा बिसर्जन गरीएको छ ।
करिब दुई महिना पहिले पिपलरुख नजिकै दिशालाइ महाकाली र पिपलचौताराको पछाडीपट्टी निकास गरीएको नाली भरीएर दिशा बाहिर बग्न थालेपछि अहिले टालटुल पार्ने काम भइरहेको छ । केहि दिनयता स्थानियहरुले पैसा उठाएर नालीमा पाइप प्रयोग गरी दिसा बाहिर पठाइरहेका छन् । बिहानपख पुरा दिशा बाटोको माथि आएर बग्न थालेपछि स्थानियहरुले धेरै समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।


स्थानिय गणेश सिह धामीका अनुसार दिसाको गन्ध आएर खान बस्न र काम गर्न निकै समस्या भएको छ । कम्तीमा २५ परिवारको दिसा पठाएको नाली भरीएर बाहिर आउँदा समस्या भएको लटिनाथ छापाखानाका बिन्दु पाण्डेले गुनासो गर्नुभयो ।
नजिकै शैचालय निर्माण गरीएको छ, तर प्रयोगमा छैन, शैचालयकै बाहिरपट्टि नालीबाट पठाएको दिसाको थुप्रो लागेको छ, छ्या, । नगरप्रमुख लगायत सरोकारवालाहरुलाइ भेटेर लिखित र मौखीक रुपमा समेत पटकपटक समस्या समाधानकालागी आग्रह गरेपनि अहिलेसम्म दिसा खुला छोडीएको ११ बर्षदेखी पिपलचौतारा नजिक पशल थापेर बसेका धामीले बताउँनुभयो ।
नगरप्रबक्ता एबं महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुस्करराज जोशीले पिपलचौतारा नजिक दिसाजन्य ढल निकास गर्ने नाली ब्यवस्थापनको काम भइरहेको बताउँनुभयो । स्थानियले भने आफुहरुले पैसा उठाएर नाली मर्मतको काम गरीरहेको तर नगरपालिकाले सहयोग नगरेको बताएका छन् ।
बिगतमा दिसा ब्यवस्थापन गर्ने भनेर कति ठुलाठुला गफ भए, समयसिमा नै तोकेर यतिदिनभित्र सेप्टीट्याङकी बनाएर दिसा पिसाबको घरभित्रै ब्यवस्थापन नगरीए नगरपालिका लगायत सार्वजनिक सेवा प्रवाहहुने कार्यालयहरुबाट सेवावाट बञ्चीत गराइने निर्णयपनि भए, मैखीकरुपमा प्रचारबाजी पनि भयो,….. …..


महाकाली जस्तो पबित्र नदीमा दिसाको ढल सिधै निकास गर्ने जिल्लाका ठुलै मान्यजन्य ब्यक्तित्तहरु हुन, भन्ने सुन्दा त निकै चित्त दुखेर आउँछ । अझ देश परिवर्तन गर्ने राजनीतिक दलका नेताहरुले समेत घरबाट निस्कने दिसापिसाब छाडा छोडेर ठुलाठुला कुरा गर्नमा ब्यस्त छन भन्नेपनि सुनिन्छ, निर्णय प्रकृर्यामा सहभागि हुनेखानेहरुकाे यस्ताे काम ….छ्या्… जे होस नगरपालिका र सम्बन्धीत सरोकारवालाहरुले कसरी सकिन्छ, छिटोभन्दा छिटो दिसाको उपयुक्त ब्यवस्थापन होस, दिसा पठाउन नहर हैन सेप्टीट्याङकि बनाइयोस, निर्माणसम्पन्न भएर समेत बन्द रहेको सार्बजनिक शैचालय सञ्चालनमा आओस …. नभए दिसा देख्दा नाक थुनेर सडकमा हिड्ने यात्रु, समस्या भोगिरहेका स्थानिय र कलम चलाएर न्याय, परिवर्तन भएको देख्न चाहाने मनुवाहरुको नाक थुनेर कराएको चित्कार सुन्नुपर्नेछ,….. ….

You might also like
Loading...