सासंद ठगुन्ना र बडूको सहमतिमा ४ करोडका २० योजना (बिस्तृतमा हेर्नुहोस्)

1

दार्चुला । स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत प्रतिनिधिसभाको एक मात्र निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा चार करोड बजेटका २० ओटा योजना सञ्चालन हुने भएका छन् । प्रतिनिधिसभामा प्रतक्ष्य निर्वाचित सासंद गणेशसिह ठगुन्ना र समानुपातीक सासंद दिलेन्द्र प्रसाद बडूको सहमतिमा जिल्लाका ९ ओटै स्थानीय तहमा बजेट विनियोजन गरिएको छ ।
जिल्ला समन्वय समिति दार्चुलाको तथ्याङक अनुसार दुहँु गाउँपालिका ३ मा जनबिकास माबि बारबाँजको छात्राबास निर्माण गर्न ५० लाख रुपैयाँ, दुहु ३ कै तिमुरपाटादेखी गैरीसम्म बाटो निर्माण गर्न १५ लाख बजेट बिनियोजन गरीएको छ । यस्तै महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिका जोड्ने दत्तु थाप्ला, भगवती मालिकार्जुन सडक निर्माण गर्नकोलागी ५० लाख रुपैया, महाकाली १ र दुहु ३ जोड्ने श्रीबगर तपोवन मसानघाटँ जाने बाटो निर्माण गर्न १५ लाख र कैलाशपति आधारभुत बिद्यालय महाकाली ४ बंगाबगरमा घेरपर्खाल तथा शौचालय निर्माण गर्न १५ लाख रुपैया बिनियोजन गरीएको छ ।
महाकाली नगरपालिका ५ मल्लो किम्तडी बाटो निर्माण गर्न ३० लाख रुपैया, महाकाली नगरपालिका १ लास्कुखोला जलबिद्युत भौतिक निर्माण सुधार गर्न १६ लाख रुपैया, महाकाली नगरपालिका ५ ऐरीटोलमा संस्कृति सम्बद्र्धन मन्दिर निर्माण गर्न १० लाख रुपैया बिनियोजन गरीएको जिल्ला समन्वय अधिकारी कमल बहादुर थापाले जानकारी दिनुभयो ।
मार्मा गाउँपालिका ६ पत्थरकाडाँमा बाटो निर्माण गर्न १० लाख रुपैँया, दुर्गा मन्दिर ताकु गुल्जर निर्माण गर्न १० लाख रुपैया बिनियोजन गरीएको छ । यस्तै नौगाड गाउँपालिका ४ मा चुकान खानेपानी योजना निर्माण गर्न १० लाख रुपैया, नौगाड ४ कै गणेश बिनायक माबि सिप्टी फिल्ड निर्माण गर्न २० लाख रुपैया र अपिहिमाल गाउँपालिका १ मा निमाबि सितीको भवन निर्माण गर्न २० लाख रुपैया बजेट बिनियोजन गरीएको समन्वय अधिकारी थापाले बताउँनुभयो ।
शैल्यसिखर नगरपालिकामा देथला रानिशिखर आगर सडक निर्माणकालागी ३० लाख रुपैया, शैल्यशिखर नगरपालिका ६ मा ग्वानि देखी बजानी सम्म बाटो निर्माण गर्न १३ लाख रुपैया, शैल्यसिखर नगरपालिका ८ मा सहकारी भवन निर्माण सुधार गर्न १० लाख रुपैया बिनियोजन गरीएको छ ।
मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका जोड्ने भर्तोला उकु लाली सडक निर्माण सुधार गर्न ३० लाख रुपैया, लेकम गाउँपालिका ४ मा प्राबि टकना भवन निर्माण गर्न १७ लाख रुपैया बजेट बिनियोजन गरीएको छ । यस्तै ब्यास गाउँपालिका ४ मडगाउँमा सामुदायिक भवन निर्माण गर्न १५ लाख रुपैया र नौलो मन्दिर हुति तथा द्धालपाटा मन्दिर डोकट निर्माण गर्न १० लाख बिनियोजन गरीएको छ ।
समग्रमा ४ करोड बजेट बराबरका २० ओटा योजनामध्ये दुहु गाउँपालिकामा ३ ओटा योजनामा ७५ लाख रुपैया, मालिकार्जुन गाउँपालिकामा २ ओटा योजनामा ४५ लाख रुपैया, महाकाली नगरपालिकामा ६ ओटा योजनामा १ करोड १ लाख बजेट बिनियोजन गरीएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
यसैगरी मार्मा गाउँपालिकामा २ ओटा योजनाकालागी २० लाख रुपैया, नौगाड गाउँपालिकामा २ ओटा योजनामा ३० लाख रुपैया, ब्यास गाउँपालिकामा २ ओटा योजनामा २५ लाख रुपैया बजेट बिनियोजन गरीएको छ । यस्तै लेकम गाउँपालिकामा २ ओटा योजनामा २७ लाख रुपैया, अपिहिमाल गाउँपालिकामा १ ओटा योजनामा २० लाख रुपैया र शैल्यशिखर नगरपालिकामा ३ ओटा योजनामा ५३ लाख रुपैया बजेट बिनियोजन गरीएको छ।

You might also like
Loading...