दार्चुलाका संघिय सासंदहरुले कुन तहलाइ कति बजेट दिए हेर्नुहोस्

0

दार्चुला । स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत प्रतिनिधिसभाको एक मात्र निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा चार करोड बजेटका २० ओटा योजना सञ्चालन हुने भएका छन् । प्रतिनिधिसभामा प्रतक्ष्य निर्वाचित सासंद गणेशसिह ठगुन्ना र समानुपातीक सासंद दिलेन्द्र प्रसाद बडूको सहमतिमा जिल्लाका ९ ओटै स्थानीय तहमा बजेट विनियोजन गरिएको छ ।
समग्रमा ४ करोड बजेट बराबरका २० ओटा योजनामध्ये दुहु गाउँपालिकामा ३ ओटा योजनामा ७५ लाख रुपैया, मालिकार्जुन गाउँपालिकामा २ ओटा योजनामा ४५ लाख रुपैया, महाकाली नगरपालिकामा ६ ओटा योजनामा १ करोड १ लाख बजेट बिनियोजन गरीएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
यसैगरी मार्मा गाउँपालिकामा २ ओटा योजनाकालागी २० लाख रुपैया, नौगाड गाउँपालिकामा २ ओटा योजनामा ३० लाख रुपैया, ब्यास गाउँपालिकामा २ ओटा योजनामा २५ लाख रुपैया बजेट बिनियोजन गरीएको छ ।
यस्तै लेकम गाउँपालिकामा २ ओटा योजनामा २७ लाख रुपैया, अपिहिमाल गाउँपालिकामा १ ओटा योजनामा २० लाख रुपैया र शैल्यशिखर नगरपालिकामा ३ ओटा योजनामा ५३ लाख रुपैया बजेट बिनियोजन गरीएको छ ।

 याेजना सहित बिस्तृत जानकारीकालागी तलकाे लिकंमा क्लिक गर्नुहाेस्……

सासंद ठगुन्ना र बडूको सहमतिमा ४ करोडका २० योजना (बिस्तृतमा हेर्नुहोस्)

You might also like
Loading...