मार्मा गाउँपालिका विद्युतको राष्टि्य प्रसारण लाइनमा जोडिदै

मार्मामा एक महिनाभित्रै बत्ति बल्ने

0

दार्चुला । जिल्लाको मार्मा गाउँपालिका पहिलोपटक विद्युतको राष्ट्यि प्रसारणमा जोडिन लागेको छ । गाउँपालिकाको केहि क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मर्मती, वडा नम्बर ६ शेरी, वडा नम्बर ३ को लटिनाथ बजार, रिल, बजानी, बिटुले, च्युरानी, गाउँपालिका कार्यालय र नालाबगड लगायतका स्थानमा एक महिनाभित्रै विद्युत बाल्ने गरी तयारी भइरहेको हो ।
आर्थिक बर्ष २०७४÷०७५ मा नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र दार्चुलासंग सम्झौता गरेर काम शुरु गरेको लटिनाथ एण्ड जोशी निर्माण सेवाले ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको जनाएको छ ।
बिटुले क्षेत्रमा देखीएको विबादसमेत समाधान भएर काम शुरु भइसकेकोले एक महिनाभित्र गाउँपालिकामा बत्ति बाल्ने सकिने निर्माण कम्पनीका सञ्चालक खेमराज जोशीले जानकारी दिनुभयो ।
चमेलिया विद्युत आयोजनाको ड्यामसाइडमा समस्या परेको बेला विद्युत अवरुद्ध गरेर भएपनि बत्ति सुचारु गर्ने सहमति भएपछि काम अघि बढेको हो ।
अहिलेसम्म राष्ट्यि प्रसारणको बिद्युत नपुगेको मार्मामा पछिल्लो समय विद्युतीकरणमा प्रगति भइरहेको छ । चालु आर्थिक बर्षमासमेत विद्युतीकरणका लागि मार्मा गाउँपालिकामा एक करोड बजेट बिनियोजन गरीएकोले केहि समयमै गाउँपालिकामा बिद्युत सेवाको पहुच पुग्ने गाउँपालिकाले जनाएको छ ।

You might also like
Loading...