शैक्षिक सामाग्री प्रदर्शनी गरेर प्रतिभा पहिचान (फाेटाेफिचर)

0

दार्चुला । महाकाली नगरपालिका ४ खलंगा दार्चुलामा रहेको महेन्द्र नमुना माबिमा शैक्षिक सामाग्री प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा गठित अनुशासन तथा सरसफाइ समितिको आयोजनामा आधारभुत र माद्यमिक तहमा अद्ययनरत बिद्यार्थीहरुले बिभिन्न बिधामा निर्माण गरेका शैक्षिक सामाग्रीहरु प्रदर्शन गरीएको हो ।
पाठ्यक्रम बिकास केन्द्रले आयोजना गर्ने राष्ट्यि प्रतिभा पहिचान कार्यक्रममा सहभागि हुनेकोलागी बिद्यालयका उत्कृष्ट प्रतिभाहरुको छनोट गर्न लागिएको बिद्यालयका शिक्षक जयराज जोशीले जानकारी दिनुभयो । ५ ओटा बिधामा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन हुने गरेकोमा महेन्द्र नमुना माबिका बिद्यार्थीहरुले ४ ओटा बिधालाइ प्रार्थमिकतामा राखेर तयारी गरेका छन् । बिज्ञान, गणित, साहित्य र बिबिध बिधामा बिद्यार्थीहरुबिच प्रतिस्पर्धा गराएर उत्कृष्ट बिद्यार्थीहरु छनोट गरीएको शिक्षक जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिज्ञान बिधामा माबितर्फ रोशन भट्ट प्रथम, मनिस जोशी र बिर बहादुर ठगुन्ना द्धितिय तथा लोकेश बडाल र उपेन्द्र बम तितिय भएका छन् । यस्तै आधारभुत तहतर्फ महेश ठगुन्ना प्रथम, सञ्जय बोहरा द्धितिय र जितेन्द्र ठगुन्ना तृतिय भएका छन् । यस्तै गतिण बिधामा माबि तर्फ धिरज भट्ट प्रथम, हरिश चैसीर द्धितिय र केशब ठगुन्ना तितिय भएका छन् । आधारभुत तहतर्फ कौशल अवस्थी प्रथम, भुवनेश्वर बडू द्धितिय र केशब ठगुन्ना तृतिय भएका छन् । साहित्य बिधामा रितु बम प्रथम, अमिसा ठगुन्ना र ज्वाती भट्ट द्धितिय र योगेश सामन्त र हेमा भट्ट तितिय भएको बिद्यालयका शिक्षक जयराज जोशीले बताउँनुभयो ।
यस्तै बिबिध बिधामा माबितर्फ कैलाश कुवँर प्रथम, रबिन्द्र ठगुन्ना द्धितिय र शंकर बोहरा तृतिय भएका छन् । आधारभुततर्फ सामना कार्की प्रथम, हिमालय कुवँर द्धितिय र मनिसा भट्ट र दिनेश भट्ट तितिय भएको शिक्षक जोशीले बताउँनुभयो । उत्कृष्ट कक्षाको रुपमा कक्षा १० को डि समुहले प्रथम र ए समुहले द्धितिय स्थान प्राप्त गर्दै सनिक ट्रफी प्राप्त गरेका छन् ।
बिद्यालयमा भएको प्रतिस्पर्धापछि नगरपालिका हुदै जिल्लास्तरमा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन हुने, जिल्ला स्तरमा प्रथम हुने प्रतेक बिधाका प्रतिभाहरु प्रादेशीक प्रतिस्पर्धामा सहभागि हुने र प्रदेशस्तरमा समेत उत्कृष्ट हुने प्रतिभावान बिद्यार्थी राष्ट्यि प्रतिभा पहिचान कार्यक्रममा सहभागि हुने पाउँने उहाँले बताउँनुभयो । गतबर्ष महेन्द्र नमुना माबिका तीन जना छात्रहरुले राष्ट्यि प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर प्राप्त गरेका थिए । राष्ट्यि प्रतिस्पर्धा अन्तरगत गणित बिधामा महेन्द्र माबिको छात्र धिरज भट्ट र बिज्ञान बिधामा मनिस जोशी तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए । यस्तै साहित्य बिधामा राजेश प्रदशाद बडूले सान्त्वना स्थान प्राप्त गरेको शिक्षक जोशीले बताउँनुभयो ।
बिद्यार्थीहरुले निकै मेहनत गरेर दर्जनौ शैक्षिक सामाग्रीहरु निर्माण गरेका छन् । निर्माण गरीएका शैक्षिक सामाग्रीहरु कक्षाकोठाको प्रयोगात्मक अभ्यासमा समेत प्रयोग गरीने र सबैभन्दा बढी सक्रियता र मेहनत भएको कक्षालाइ रनिङ ट्रफि प्रदान गरीने उहाँले बताउँनुभयो ।
बिद्यालयका प्रधानाद्यापक रामदत्त जोशीको अध्यक्षतामा आयोजित शैक्षिक सामाग्री प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । शैक्षिक सामाग्री हेर्नुकासाथै बिद्यार्थीहरुको प्रतिभा सुन्नकोलागी शिक्षक, बिद्यार्थी, अभिभाबक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

You might also like
Loading...