सेनानी रावलले बचाए फरालको ज्यान

0

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ काट्टैका ३० बर्षिया मानमती फराललाइ अत्याधिक रक्तस्राब भएपछि उपचारकोलागी बेहोस अवस्थामा जिल्ला अस्पताल दार्चुलामा पुर्याइयो । औषधी सेवनको कारण अत्याधिक सक्तश्राब भएपछि अाइतबार बिहाँन १ बजे अस्पताल पुर्याइएका फराललाइ तत्काल रगत आवश्यक पर्यो । तर आफन्त र अस्पताल नजिकका स्थानीय कोहि रगत दान गर्न तयार भएनन् ।
केहि घण्टाभित्र रगत प्राप्त नभएमा ज्यानको खतरा रहेका फराललाइ रगतदान गर्न नेपाली सेनाको दुर्गादल गुल्ममा खबर भयो । खबरपाएलगत्तै दुर्गादल गुल्मका गुल्मपती (सेनानी) गणेश रावलले अस्पताल पुगेर एक पिन्ट एबी पोजेटिभ (AB+) समुहको रगत दान गरेर महिलालाइ होस फर्कीयो । अझै उहाँको रक्तश्राब रोकिएको छैन् । थप रगत आवश्यक परेपनि आफन्त र स्थानीय कोहिपनि रक्तदान गर्न तयार नहुने गरेको चिकित्सकहरु बताउँछन् । अाइतबार दिउँसो फराललाइ उपचारकोलागी उपक्षेत्रीय अस्पताल डडेल्धुरा रेफर गरीएको जिल्ला अस्पताल दार्चुलाका एमडिजिपि डाक्टर दिपेश मंगल जोशीले बताउँनुभयो । स्थानीयमा रगत दान गर्नुपर्छ भन्ने भावनाको बिकास नहुदा सधै रगत अभाबमा यस्तै समस्या पर्ने गरेको उहाँले बताउँनुभयो ।
दुई वर्ष अघि स्थापना गरिएको रक्त सञ्चार केन्द्रमा रगत दिने रक्तदाताको जहिल्यै अभाव हुने गरेको छ । चेतना अभाव कारण स्थानीय, आफन्तजनमा रगतदान गर्नुपर्छ भन्ने सोचाई नहुँदा विरामीलाई रगत आवश्यकत्ता पर्दा समस्या हुने गरेको ल्याब असिस्टेन्ट दिपक बिष्टले जानकारी दिनुभयो ।
रक्त सञ्चार केन्द्रमा १ सय २० पोका रगत जम्मा गर्ने क्षमताको मेसिन रहेपनि राख्ने ठाउँ व्यावस्थीत नहुदा रगत खेर जाने गरेको छ । पछिल्लो समय रक्तदाताहरुको सम्पर्कसहित सुचि तयार गरेर आबश्यकता परेको समयमा माग गर्ने गरीएको भएपनि समयमै रगत पाउँन समस्या हुनेगरेको बिष्टले बताउँनुभयो । आफन्तहरु रगत दान गर्नुको सट्टा भाग्ने गरेकोले समस्या हुने गरेको चिकित्सकहरुको गुनासो छ ।

रक्त सञ्चार केन्द्र स्थापना भएदेखी अहिलेसम्म १ सय १७ जनाले रक्तदान गरेको तथ्याङक जिल्ला अस्पताल दार्चुलाको छ । रक्तदान गर्नेमा अधिकासं नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मी रहेको ल्याप असिस्टेन्ट बिष्टले बताउँनुभयो ।

You might also like
Loading...