एकिकृत घुम्ती सेवा शिविरबाट नागरीकता बितरण हुने

0

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंसिर २२ र २३ गते दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा दुई दिने एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गर्नेभएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सार्वजनिक सूचना जारी गर्दै नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने जानकारी गराएको हाे ।

जिल्ला सदरमुकाम पुगेर नागरीकता लिन नसक्नेहरुको सहजताकालागी नाैगाड गाउँपालिकाको संयोजनमा घुम्ती सिबिर सञ्चालन हुन लागेको हो ।

सिबिरबाट नयाँ नागरिकता जारी गरिने, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने तथा स्वास्थ्य सेवा समेत दिइने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

 

You might also like
Loading...