निर्मला हत्याकाण्डमा पक्राउ परेका प्रदीप रावलद्वारा अपराध स्वीकार

0

काठमाडौं २० मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डमा अनुसन्धानका क्रममा पक्राउ परेका प्रदीप रावलले घटनामा आफु संलग्न रहेको बताएका छन् ।

निर्मला हत्या काण्डको अनुसन्धानक क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार रावललाई पक्राउ गरेको थियो । सीआईबी स्रोतका अनुसार रावलसँग गएराति १० बजेदेखि २ बिहान बजेसम्म बयान लिर्इएको थियो।

बयान लिन आइजीपी सर्वेन्द्र खनाल स्वय पुगेका थिए। सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए।

प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । बुधबार दिउसो ४ बजे गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय पुगेका आइजीपी खनाललाई सिआइवी प्रमुखले थप शंकासहित रावललाई नियन्त्रणमा लिएको जानकारी गराएका थिए ।

यद्यपि ६ बजे मात्रै आइजीपीलाई रावलमाथि अनुसन्धान गरेको प्रगति विवरणबारे जानकारी गराएपछि आइजीपी खनाल आफै राती १० बजे सिआइवी पुगेका थिए । उनी रावलको बयानसँगै २ बजे मात्रै सिआइवीबाट निवास फर्केका थिए।

रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए। उनलाई सिआइबीको तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीले सोधपुछ गरी छाडेको थियो । प्रहरीले त्यसरी छाडेपछि उनी पुनः भारत गएका थिए।

एक हप्ता अघि कञ्चनपुरबाट ७ जनालाई अनुसन्धानमा ल्याउँदा रावललाई पनि ल्याइएको थियो। सोमवारदेखि रावललाई हिरासतमा राखिएको थियो। १८ बर्षीय रावलको डिएनए म्याच भएमा उनीविरुद्ध कारवाही अघि बढाउने छ ।

You might also like
Loading...